‘घरज्वाइँ’को प्रिमिएरमा मगर कल्चरको चर्चा
काठमाडौँ । असार २८ गते शुक्रबार सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को प्रिमिएर गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा कलाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, खुस्मा निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल विष्ट समेत सहभागी थिए । फिल्म हेर्ने अधिकांशले मग संस्कृति र परम्पराको बारेमा फिल्म मार्फत जानकारी दिन पाएको भन्दै खुसी व्यक्त गरे ।

अभिनेत्री उपासनासिंह ठकुरीले फिल्मको कथा मन परेको बताइन् । सुदूरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । फिल्मले महिलाको इमोसन र सेन्सेटिभ कुराहरूलाई ध्यान दिएको उनको धारणा थियो । अभिनेता कुन्साङ बमजनले फिल्मको कथावस्तु र प्रस्तुतिले मन छोएको बताए ।
अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ वर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी भउकोल राम्रो बनेको प्रतिक्रिया दिए । ‘घरज्वाइँ’ मगर कल्चर भएको उनले सुनाए ।
अभिनेत्री मिरुना मगरले हामी सानैदेखि हुर्किदा पूर्वमा हुर्केको हो । मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के–के गरिन्छ । त्यहाँको कल्चरहरू चाहिँ मैले देख्दै घरमा पनि त्यो कुराहरू लागू गर्दै हुर्केको हो । तर, यो फिल्मको काम गरिरहँदा हामी मगरहरू कल्चर कति रिच रैछ भन्ने कुरा आफूले महसुस गरेको बताए ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
जनक घर्तीमगरले निर्माण गरेको फिल्ममा दयाहाङ र मिरुनाको अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण