के हो चीनमा खाना पकाउने तेल विषाक्त बनेको प्रकरण ?
बेइजिङ । चीनमा खाना पकाउन प्रयोग गरिने तेल ओसार्न इन्धन ओसारपसार गर्ने ट्याङ्करहरूको प्रयोग गरिएको मामिलामा त्यहाँको सरकारले छानबिन गर्ने भएको छ । विषाक्त रसायनहरू भएका ती ट्याङ्करहरू राम्रोसँग सफा नगरीकन त्यसमा खाने तेल लोड गरिएपछि खाने तेल विषाक्त बनेको चिन्ता सबैतिर व्याप्त छ । यो घोटालाले यतिबेला चीनको अनलाइन र सामाजिक सञ्जालमा तातिएको छ ।
नेटिजन्सहरूले ट्याङ्करमा भएका विषाक्त पदार्थले तेल विषालु बनेको चिन्ता व्यक्त गरेका छन् । बेइजिङ न्यूजमा आएको समाचारअनुसार राम्रोसँग सफा नगरीकन इन्धन बोक्ने ट्याङ्करलाई खाना पकाउने तेल र सिरप जस्ता खाद्य वस्तु बोक्न प्रयोग गरिएको पाइएको छ । चीनमा इन्धन बोक्ने ट्याङ्करमा खाने तेल जस्ता खाद्य वस्तुको ढुवानी व्यापक हुने गरेको र यो ‘ओपन सेक्रेट’ जस्तै भएको बेइजिङ न्यूजले एक ट्याङ्कर चालकको भनाई उद्धृत समाचारमा भनेको छ । यो काण्डले खाद्य सुरक्षा मापदण्ड कार्यान्वयन गराउने चीन सरकारको क्षमतामाथि सर्वसाधारणको विश्वास थप डगमगाएको छ ।
हालैका दिनमा चिनियाँ सामाजिक सञ्जालहरूमा यो ट्रेन्डिङ विषय बनिरहेको छ । एक्सको चिनियाँ संस्करण वेइपोमा यस घोटालाबारे दसौँ हजार पोस्ट भएका थिए । चीनमा बेला बेलामा खाद्य घोटाला भइरहन्छ । यस अघि सन् २००८ मा शिशुले खाने धुलो दूधमा उच्च मात्रामा मेलामाइन रसायन भेटिएको थियो । यस घटनामा कम्तीमा ६ जना शिशुको मृत्यु भएको थियो भने ३ लाखभन्दा धेरै बिरामी परेका थिए । तेल घोटालालाई केहीले धुलो दूधमा भएको सान्लु घोटलाा भन्दा ठूलो भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण