फेसबुकमार्फत प्रेम सम्बन्धको बहाना बनाएर ठगेको आरोपमा युवक पक्राउ
बिहीबार, २७ असार २०८१, २१ : ५०

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’मा सडक डिभिजनको इन्जिनियर हुँ भनेर प्रलोभन देखाएर ठगेको आरोपमा पहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रेम तथा विवाहको प्रलोभन देखाएर ठगेको आरोपमा बैतडी घर भएका नरेन्द्र साउदलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
सामाजिक सञ्जालमार्फत महिलाहरूसँग जोडिएर उनले प्रेम र विवाहको प्रलोभन देखाएर रकम ठगेका हुन् । परिवारका सदस्यहरूको ‘फेक आइडी’ समेत बनाएर कुराकानी गरेर उनले पीडितहरूलाई विश्वासमा दिलाएको एसपी आचार्यले जानकारी दिए ।
२७ वर्षीय आचार्यलाई प्रहरीले बुधवार सिनामंगलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बैतडीको डिलासैनी गाउँपालिका–१ घर भएका उनी कञ्चनपुरको शुक्लाफाँटा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन