फेसबुकमार्फत प्रेम सम्बन्धको बहाना बनाएर ठगेको आरोपमा युवक पक्राउ
बिहीबार, २७ असार २०८१, २१ : ५०
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’मा सडक डिभिजनको इन्जिनियर हुँ भनेर प्रलोभन देखाएर ठगेको आरोपमा पहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रेम तथा विवाहको प्रलोभन देखाएर ठगेको आरोपमा बैतडी घर भएका नरेन्द्र साउदलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
सामाजिक सञ्जालमार्फत महिलाहरूसँग जोडिएर उनले प्रेम र विवाहको प्रलोभन देखाएर रकम ठगेका हुन् । परिवारका सदस्यहरूको ‘फेक आइडी’ समेत बनाएर कुराकानी गरेर उनले पीडितहरूलाई विश्वासमा दिलाएको एसपी आचार्यले जानकारी दिए ।
२७ वर्षीय आचार्यलाई प्रहरीले बुधवार सिनामंगलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बैतडीको डिलासैनी गाउँपालिका–१ घर भएका उनी कञ्चनपुरको शुक्लाफाँटा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण