मुग्लिङ–नारायणगढ सडकमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु, यात्रु सकुशल
शुक्रबार, २८ असार २०८१, ०८ : २८
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसका चालकको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
लु २ ख ६५६६ नम्बरको बसका चालकलाई सत्रकिलोमा माथिबाट खसेको डुङ्गाले लागेको थियो । डुङ्गाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
बस घटना स्थलमा नै रहेको र बसमा सवार यात्रुहरूलाई केहि नभएको सह सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण