गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक जना डिस्चार्ज

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका छन् । काठमाडौँबाट गौर जाँदै गर्दा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेपछि हाम फालेर नदLबाट बाहिर आएको उनीहरूले प्रहरीलाई बताएका छन् ।
हाम फालेर त्रिशूलीबाट निस्कनेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता छन् ।
दुर्घटनामा घाइते भएका उनिहरु मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तको बसेका छन् ।
नन्द दास र जोगेश्वर राय यादवको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने