प्रतिनिधिसभा बैठक
विश्वासको मत माग्दै प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
शुक्रबार, २८ असार २०८१, १२ : १२
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न उपस्थित भएका प्रचण्डले आफूले अल्पमतमा परेसँगै नैतिकता देखाएको भन्दै त्यस्तो नैतिकता तपाईँहरुले देखाउनुभयो भन्दै प्रश्न गरे ।
उनले भने, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’
कांग्रेसको हकमा पनि त्यही लागु हुने उनको भनाइ छ । डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताए । उनले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उनले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण