अल्पमतमा पर्दा संसद् विघटन गर्नेले मलाई नैतिकताको पाठ पढाए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएकोमा प्रतिवाद गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले अल्पमतमा परेपछि संसद् विघटन गर्ने (केपी ओली)ले आफूलाई नैतिकता पढाएकोमा आपत्ति जनाए ।
‘आफू अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो । साथीहरूलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी छ । यसलाई कमजोर बनाउन दिने छैन,’ उनले भने ।
उनले अल्पमतमा परिरहेको बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए । आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछि कुनै नियुक्तको निर्णय नगरेको बताए । नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रुचि नभएको उनको भनाइ छ ।
‘प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज