अल्पमतमा पर्दा संसद् विघटन गर्नेले मलाई नैतिकताको पाठ पढाए : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएकोमा प्रतिवाद गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले अल्पमतमा परेपछि संसद् विघटन गर्ने (केपी ओली)ले आफूलाई नैतिकता पढाएकोमा आपत्ति जनाए ।
‘आफू अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो । साथीहरूलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी छ । यसलाई कमजोर बनाउन दिने छैन,’ उनले भने ।
उनले अल्पमतमा परिरहेको बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए । आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछि कुनै नियुक्तको निर्णय नगरेको बताए । नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रुचि नभएको उनको भनाइ छ ।
‘प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण