सात लाख बराबरको गरगहना र नगद चोरी गरेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, २८ असार २०८१, १६ : ३७
काठमाडौँ । प्रहरीले भक्तपुरमा चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५का राजु तामाङ र भोजपुर घर भई हाल गोकर्णेश्वर ७ बस्ने शारदा तिरुवालाई पक्राउ गरेको हो ।
तामाङ र तिरुवाले भक्तपुरको ठिमी नगरपालिका २ मुनालमार्गस्थित द्धारिकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदीश नेपालको कोठाबाट विभिन्न गरगहना र नगद गरी रु ७ लाख, १३ हजार ३८० रुपैया बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । असार २५ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरी थप अनुसन्धान तथा कार्बाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको अनसन्धान कार्यालयले जनाउको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण