सिमलताल बस दुर्घटनामा परेकाहरूको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा अङ्गका प्रमुखसँग सिमलताल बस दुर्घटना पछि खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले निजी निवास खुमलटारमा भेटेर सुरक्षा अङ्गका प्रमुखसँग बस दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन समेत सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै उनले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत व्यक्त गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित र अभिछिन्न रुपमा जनताको सेवामा लागि पर्न आग्रह समेत गरेका छन् ।
शुक्रबार काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।
सो दुर्घटनामा दर्जनौ यात्रु बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये ५ जनाको शव फेला परेको छ । त्यस्तै कास्की लगायतका जिल्लामा पनि बाढी पहिरोमा परेर थुप्रै जनधनको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण