टर्कीमा छाडा कुकुर आतंक नियन्त्रण गर्न ल्याइयो विधेयक
अंकारा । टर्कीका सडकमा खुला छाडिएका कुकुरहरूको आतंक बढेको छ । छाडा कुकुरको बढ्दो सङ्ख्याका कारण सर्वसाधारणका लागि सडक असुरक्षित बनेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगनको नेतृत्वको सत्तारुढ दलले यस्ता कुकुरको सङ्ख्या नियन्त्रण गर्न भ्यासेक्टोमी गर्ने सम्बन्धी विवादास्पद विधेयक संसद्मा पेस गरेको छ ।
यो विधेयक एके पार्टीको संसदीय समूहका अध्यक्ष अब्दुल्ला गुलरले पेस गरेका हुन् । प्रस्तावअनुसार रेबिजको जोखिममा रहेका, आक्रामक र पुनर्वासको सम्भावना नभएका सबै कुकुरहरूलाई इच्छा मृत्यु दिइनेछ । ‘सडक कुकुरहरू बस्ने ठाउँ होइन, तर उनीहरूलाई योभन्दा योग्य आश्रयहरूमा बस्ने अधिकार छ ।’
पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा अब्दुल्ला गुलरले भनेका थिए । प्रस्तावित विधेयकमा नगरपालिकाहरूलाई अहिले कुकुरका लागि उपलब्ध ठाउँहरूको अवस्था सुधार गर्न र मानिसहरूलाई कुकुर पाल्न प्रोत्साहित गर्न आह्वान गरिएको छ । यो विधेयकले पशु अधिकारकर्मी र छाडा कुकुरहरूबाट सडकको सुरक्षा सुनिश्चित गर्न उपायहरूको वकालत गर्नेबिच बहस चर्काएको छ ।
एर्दाेगानका अनुसार अहिले टर्कीको सडक र ग्रामीण इलाकामा झन्डै ४० लाख छाडा कुकुर घुमिरहेका छन् । विधेयकको प्रारम्भिक प्रस्तावअनुसार आवारा कुकुरहरू खोजेर जम्मा गर्ने, आश्रयमा राख्न र ३० दिनभित्रमा कसैले स्वीकार नगरेमा तिनीहरूलाई इच्छा मृत्यु दिन आह्वान गरिएको छ ।
यो प्रस्तावका कारण जनता आक्रोशित बनेका छन् । यो विधेयकले कुकुरलाई सामूहिक रूपमा मार्ने बाटो खुलाउने पशु अधिकार अभियन्ताको तर्क छ । हालै बेलायतले पनि टर्की जाने यात्रुहरूलाई सडकमा छाडा हिँड्ने कुकुरबारे चेतावनी जारी गरेको थियो । छाडा कुकुरहरू झुन्डमा हिँड्ने अनि आक्रामक हुनसक्ने भन्दै सतर्क रहन र त्यस्ता कुकुर नजिक नजान चेतावनीमा भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण