त्रिवेणीमा भेटिएका थप दुई जनाको शवको सनाखत गरिँदै
काठमाडौँ । पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको छ । ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जना पुरुषको शव भेटिएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए ।
दुईवटा शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको छ । शवको सनाखत र पुष्टि गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।
यसअघि बसमा सवार ६ जना यात्रुको शव फेला परेको थियो । भेटिएका मध्ये ३ जनाको शव आफन्तले बुझेका छन् । अहिलेसम्म सनाखत भएकाहरूमा विकाश परियार, रामकुमार माझी, ऋषिपाल शाह, जय प्रकश ठाकुर र सजाद अन्सारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण