यामालले तोडे पेलेको कीर्तिमान
म्युनिख । स्पेनका लागि आइतबार इंग्ल्यान्डविरुद्धको युरो २०२४ को फाइनल खेलमा लामिन यामालले ६६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । आफ्नो १७ औँ जन्मदिन मनाएको एक दिनपछि यामाललाई ला रोजाको प्रारम्भिक ११ मा राखिएको थियो ।
योसँगै सन् १९५८ को विश्वकप फाइनलमा पेलेले बनाएको कीर्तिमान तोड्दै उनी अब प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। सन् १९५८ को विश्वकप फाइनल खेल्दा पेले १७ वर्ष २४९ दिन उमेरका थिए ।
युरोपियन च्याम्पियनसिप सुरु भएयता बार्सिलोनाका युवा खेलाडीले तोडेको यो पहिलो कीर्तिमान भने होइन । उनी आफ्नो टोलीको उद्घाटन खेलमा क्रोएसियाविरुद्ध खेल्दा युरोपियन च्याम्पियनसिप खेलमा सुरुवात गर्ने सबैभन्दा कान्छो खेलाडी बने। फ्रान्सविरुद्धको सेमिफाइनल जितमा गोल गर्दा उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण