कोपा–अमेरिका फाइनल : जब मेस्सीले आँशु खसाल्दै मैदान छाडे
काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भिडेका थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी आफ्नो कप्तानीमा फेरि एकपटक अर्जेन्टिनालाई उपाधि चुमाउने धुनमा थिए । अर्जेन्टिनाले अतिरिक्त समयमा उपाधि जिते पनि मेस्सीका लागि भने फाइनल खेल खल्लो बन्न पुग्यो ।

उनी घाइते भएका कारण मैदान छाड्न बाध्य बनेका थिए । खुट्टाको पुरनै समस्या बल्झिएपछि उनी निर्धारित समयको ६८औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
त्यसअघि पनि खेलका क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । तर, सामान्य उपचारपछि उनले खेललाई निरन्तरता दिएका थिए । खुट्टाको पिडा बढ्दै गएपछि अन्ततः ६८औँ मिनेटमा उनी मैदान छाडन बाध्य भएका थिए ।
स्टार खेलाडी मेस्सीले खुट्टाको समस्या बल्झिएपछि आँशु खसाल्दै मैदान छाडेका थिए । उनले मैदान छाड्दै गर्दा रंगशालामा उपस्थित हजारौँ समर्थकले उनको हौसला बढाएका थिए । मैदानबाट बाहिरिएपछि उनलाई प्राथमिक स्वास्थ्य उपचार दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण