प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर भएर काम गर्ने बताएका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन गर्न कार्यदल बनाउने निर्णय भएको पनि बताए ।
उनले कार्यदललाई १० दिनको समय दिइएको बताए । उनले घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘नयाँ सरकार बनेको छ, धेरै चुनौती पनि छन् र अवसरहरू पनि छन् । गम्भीरतापूर्वक हामी अघि बढ्नेछौँ । विधिको शासन कायम हुन्छ, सबै कुरा कानुन बमोजिम हुन्छ । सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरूको बारेमा केही विषयलाई छानबिन बनाएका छौँ । १० दिनको समय दिएका छौँ- यो घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति के कति कसरी उपलब्ध गराउने कुरामा । घटना पुनरावृत्ति नहुने गरी कस्तो व्यवस्था गर्ने भन्ने कुराको बारेमा कार्यदल बनाउने कुरा भएको छ । प्राकृतिक प्रकोपले भएको जनधनको क्षतिको बारेमा गम्भीर भएर काम गर्नुपरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण