स्पेसएक्स र एक्सलाई क्यालिफोनिर्याबाट सार्दै एलन मस्क
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्स र माइक्रो ब्लगिङ वेबसाइट एक्सको मुख्यालय सार्ने भएका छन् । अहिले क्यालिफोनिर्याको हथ्रोनमा रहेको स्पेश एक्सको मुख्यालय सारेर टेक्ससको स्टारबेसमा लगिने मंगलबार एक्समा दुई ओटा पोष्टमा मस्कले भनेका हुन् ।
त्यस्तैगरी सान फ्रन्सिस्कोस्थित एक्सको मुख्य कार्यालय पनि टेक्ससको अष्टिनमा सारिदैंछ । क्यालिफोनिर्याका गभर्नर ग्याभिन न्यूजमले हालै सेफ्टी एक्टमा हस्ताक्षर गरेका थिए । यो कानुनले आफ्नो बच्चाको सुरक्षाका लागि परिवारलाई राज्य छाडेर जान बाध्य पर्ने मस्कले भनेका छन् ।
के छ नयाँ कानुनमा ?
नयाँ कानुन अनुसार विद्यालयको नियम अन्तर्गत अब शिक्षक र कर्मचारीले बच्चाको लैंगिक पहिचान र रुचीबारे मातापिता समेत कसैसँग पनि बच्चाको अनुमति बिना कुराकानी गर्न सक्ने छैनन् ।
एलजीबीटीक्यूको सम्मान नहुने घरमा बस्ने विद्यार्थीको सुरक्षामा यो कानुनले सघाउने यसका समर्थकहरूको भनाइ छ । तर विरोधीहरूले भने विद्यार्थीका मातापितासँग बढी पारदर्शी हुने क्षमतामा यो कानुनले बाधा उत्पन्न गराउने बताइरहेका छन् ।
सन् २०२२ मा क्यालिफोनिर्याको एक अदालतमा मस्कको एक सन्तानले आफूले कुनै पनि स्वरूप र आकारमा आफ्ना चर्चित र धनाढ्य पितासँग सम्बन्धित रहन नचाहेको भन्दै आफूलाई नयाँ नाम र लिंगबाट चिनियोस् भनेर याचिका दायर गरेकी थिइन् । लैंगिक पहिचानको विषयमा एक्समा गरेको पोस्टका लागि कयौंले मस्कको आलोचना गरेका थिए ।
यो कानुन र यस अघि आएका अन्य कयौँ कानुनका कारण स्पेस एक्सले अब आफ्नो मुख्यालय स्टारबस सार्ने मस्कले बताए । ‘मैले करिब एक वर्ष अघि नै गर्भनर न्यूजमलाई स्पष्ट भनिसकेको थिएँ कि यस्तो खालको कानुन परिवार र कम्पनीका लागि आफ्नो बच्चाको सुरक्षार्थ क्यालिफार्निया छाड्न बाध्य पार्नेछ ।’ उनले भनेका छन् ।
मस्कले यस अघि पनि क्यालिफोनिर्याबाट कम्पनी सार्न लागेको यो पहिलो पटक होइन । यस अघि पनि उनले विद्युतीय कार बनाउने कम्पनी टेस्लाको कर्पोरेट मुख्यालय राज्यको पालो अल्टोबाट सारेर टेक्ससकै अष्टिन पुर्याएका थिए । मस्कले क्यालिफोनिर्यास्थित घरमा बस्दै आएका थिए । सो घर छाडेर उनी टेक्ससमा बस्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण