टेलिभिजनमा ‘भुन्टी’
बुधबार, ०२ साउन २०८१, १२ : १८
काठमाडौँ । युट्युबमा चर्चित सिरियल ‘भुन्टी’ टेलिभिजनबाट पनि प्रसारण सुरु भएको छ । सिरियल कान्तिपुर टिभी एचडीमा मंगलबारबाट प्रसारण सुरु भएको हो ।
सिरियलको नयाँ एपिसोड कान्तिपुर टेलिभिजनमा मंगलबार राती ९ बजे प्रसारणमा आएको थियो । विकट गाउँका दर्शकलाई लक्षित गरेर सिरियल टिभीमा ल्याइएको निर्माता, निर्देशक एवं कलाकार आशा गौतमले बताइन् । सिरियलको अबको नयाँ भागहरू पहिले कान्तिपुर टेलिभिजनमा र त्यसपछि ‘सुकुमाया टिभी’ युट्युबमा आउने आशाले जानकारी दिइन् ।
पारिवारिक कथामा निर्माण हुँदै आएको ‘भुन्टी’मा आशाको अलावा शारदा गिरी, सुशील पोखरेल, सागर गौतम, विजय देउजा, हिउँवाला गौतम, सुवास गजुरेल, विनोद श्रेष्ठ, इन्द्रजित चौलागाईँलगायत कलाकारको अभिनय रहँदै आएको छ । आशा फिल्मस्को प्रस्तुति रहेको सिरियलको अहिलेसम्म २२३ भाग निर्माण भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण