वेश्यावृत्ति गर्न लगाउने रेस्टुरेन्ट सञ्चालकसहित दुई जना पक्राउ
बारा। महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्ति गर्न लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-५ स्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसका सञ्चालक ३० वर्षीय श्याम सुन्दरप्रसाद यादव र अर्का नाम नखुलाएका वीरगन्ज महानगरपालिका वडा-२९ का २० वर्षीय युवक रहेका छन् ।
विभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्ति गराउँदै छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले उक्त रेस्टुरेन्टमा छापा मारेको थियो । छापा मारेर ४ महिला र २ पुरुष गरी ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको थियो ।
यसमध्ये दुई जनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ । ४ जना महिलालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण