एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई बुझायो ३० बुँदे सुझाव
काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको विभागको टोलीले आज सञ्चारमन्त्री गुरुङ समक्ष सञ्चार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव पेस गरेको हो।
सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रसारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगार मूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था लगायत छन् । सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले यसलाई गम्भीरता कार्यान्वयनमा लाग्ने बताउनुभएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण