नवीकरण नगर्नेको सदस्यता खारेज गर्ने नेपाल चलचित्र प्राविधिक सङ्घको तयारी
काठमाडौँ । नेपाल चलचित्र प्राविधिक सङ्घले नवीकरणमा चासो नदेखाएका सदस्यहरूको सदस्यता खारेजी गर्ने भएको छ । आज एक सूचना जारी गर्दै सङ्घले आगामी ३५ दिनभित्र सदस्यता नवीकरण नभए खारेजी प्रक्रिया अघि बढाउने जानकारी दिएको हो ।
नेपाल चलचित्र प्राविधिक सङ्घमा विगत लामो समयदेखि आफ्नै सदस्यता नवीकरण नगरी बेवास्ता गरी बस्नुभएका सदस्यहरूको यही मिति २०८१–०४–१५ गतेसम्म ५ वर्ष पूरा भएका सम्पूर्ण सदस्यहरूको सदस्यता खारेजी गर्ने भनी मिति २०८१–०३–२४ गते बसेको कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार यथाशीघ्र सङ्घको कार्यालयमा उपस्थिति भई आफ्नो सदस्यता नवीकरण गर्नुहुन अनुरोध गर्दछौँ । अन्यथा ३५ दिन पछि ले सदस्यता खारेजीमा परेका व्यक्तिहरूलाई कुनै पनि रूपमा सहयोग गर्ने छैन, महासचिव युवराज कार्कीद्वारा जारी सूचनामा भनिएको छ ।
यो निर्णयबाट कुनै असुविधा पर्न गएमा सो को जिम्मेवार निज व्यक्तिहरू स्वयम् आफै हुनुपर्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण