मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

५१औँ दिनमा सकियो ‘छक्कापञ्जा ५’

बिहीबार, ०३ साउन २०८१, १२ : ४२
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’को छायाङ्कन सकिएको छ । निर्माण युनिटले एक गीतको छायाङ्कन बाँकी राख्दै  ५१औँ दिनमा फिल्म सकाएको हो । फिल्मको बाँकी गीत भदौमा छायाङ्कन हुने निर्देशक दीपाश्री निरौलाले बताइन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा छायाङ्कन भएको फिल्म अर्थ–सामाजिक आयामलाई व्यङ्ग्य गर्ने बताइन्छ ।

फिल्म आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । ‘छक्का पन्जा ५’को रिलिज मिति यसै वर्षको दसैँमा भनिएको छ । नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पन्जा’को यो पाँचौँ सिरिज  हो । फिल्म निर्माण घोषणा समयदेखि नै चर्चा र दर्शकको प्रतीक्षित सुचीमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप