दुई सय बढी सदस्यको सदस्यता खारेज गर्दै चलचित्र प्राविधिक सङ्घ
काठमाडौँ । नेपाल चलचित्र प्राविधिक सङ्घले करिब २०० बढी व्यक्तिको सदस्यता खारेज गर्ने भएको छ । विगत ५ वर्षदेखि सदस्यता नवीकरण नगर्ने सदस्यहरूको लागि सङ्घले यो कठोर निर्णय लिएको हो । सङ्घबाट परेको बेला विभिन्न सुविधा लिने तर सदस्यता लामो समय नवीकरण नगर्ने सदस्यलाई कारबाहीका रूपमा सदस्यता खारेज गर्न लागेको सङ्घका अध्यक्ष पुष्कर लामाले बताए ।
‘हामीले अहिले अन्तिम अवसरको रूपमा ३५ दिने सार्वजनिक सूचना जारी गरेका छौँ’, लामाले भने– ‘यसलाई बेवास्ता गरे कारबाहीको भागेदार हुन्छ ।’ प्रत्येक वर्ष अनिवार्य सदस्य नवीकरण नियम भए पनि दुई सय बढी सदस्यले बेवास्ता गर्दै आएको लामाको धारणा रहेको छ ।
‘सदस्यलाई सङ्घले आफ्नो हैसियतअनुसार अप्ठ्यारो परेको समय साथ र सपोर्ट दिँदै आएको छ’, लामा थप्छन् ‘कतिपय सदस्यले संस्थालाई प्रयोग गरेको मात्र देखिन्छ ।’ सदस्य संस्थाप्रति इमानदारी पनि नरहेको संस्थाले पनि माया देखाउनु नपर्ने उनी सुनाउँछन् । ‘संस्थालाई माया र इज्जत गर्नेलाई संस्थाले पनि सधैँ साथ र सपोर्ट गर्दै आएको छ’ लामाले थपे ।
लामाका अनुसार सङ्घले नेपालमा छायाङ्कन गर्ने स्वदेशी तथा विदेशी चलचित्रमा विदेशी प्राविधिक भित्र्याउँदा सङ्घबाट अनुमति लिनुपर्ने, सङ्घका सदस्य नभएकोलाई चलचित्रको काम नलगाउन अनुरोध गर्ने र लगाएको पाइएमा कारबाही गर्न निर्णय गरेको छ ।
सङ्घले सदस्यता खारेजीको विषयमा बिहीबार एक दैनिक पत्रिकामा ३५ दिने सूचना समेत जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण