‘मोदीबेनी’ को ट्रेलरमा वर्षा र अमर प्रतापको प्रेम
काठमाडौँ । श्रावण १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । विहीबार काठमाडौँको नयाँ बानेश्वरमा रहेको आइएनआइ चलचित्र घरमा आयोजित एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो ।
एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथाले ट्रेलमा विशेष प्रथामिकता पाएको छ । ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन् । ट्रेलरमा अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठबिचको प्रेमसुन्दर ढङ्गले बुनिएको छ । जब ट्रेलर क्लाइमेक्समा पुग्छ तब वर्षाको रौद्र रूपले चकित तुल्याउँछ ।
ट्रेलरमा अभिनेत्री रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा रहेको देख्न सकिन्छ । अभिनेता सरोज खनालको लुक्स पनि ट्रेलरको आकर्षक पक्ष हो । उनी सेतै फुलेको लामो दाह्री र जुँगामा देखिएका छन् । यही चलचित्रबाट डेब्यु गरेका अमर प्रताप श्रेष्ठको लुक्स र अभिनय राम्रो देखिएको छ ।
शङ्कर कोइरालाको निर्देशन रहेको फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ । एसडी योगी र शान भुसालको सङ्गीत
रहेको फिल्ममा समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण