सरकारले दुई तिहाइको दम्भ देखाए सशक्त प्रतिकार गरिन्छ : प्रवक्ता सापकोटा
बिहीबार, ०३ साउन २०८१, १९ : ०२
१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनले दुई तिहाइको दम्भ देखाए त्यही अनुसारको प्रतिकार गर्ने बताएका छन् । प्रतिपक्षमा बसेर संसद्को काम कारबाही प्रभावकारी बनाउने, सडकमा वामपन्थी तथा समाजवादी शक्तिबिच सहकार्य गरेर सडक संघर्षमा उत्रिने उनले बताए ।
‘सरकारले दुई तिहाइको दम्भ, अहङ्कार प्रदर्शन गर्न सक्छन् । त्यसको सशक्त ढंगले प्रतिवाद, प्रतिरोध गर्नेछौँ । सदनलाई गुणात्मक र सशक्त बनाइन्छ । सोही अनुसार प्रतिवाद गरिन्छ’, बिहीबार रातोपाटीसँग सापकोटाले भने ।
उनले समाजवादी मोर्चामार्फत वामपन्थी दलहरूबिच सहकार्य र एकताको प्रयास जारी रहेको भएपनि तत्काल एकताको सम्भावना नभएको बताए । सत्ता गठबन्धनको वर्तमान सरकार कति समय जान्छ भनेर अहिले नै मूल्याङ्कन गर्ने बेला नभएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान