सरकारले दुई तिहाइको दम्भ देखाए सशक्त प्रतिकार गरिन्छ : प्रवक्ता सापकोटा
बिहीबार, ०३ साउन २०८१, १९ : ०२
१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनले दुई तिहाइको दम्भ देखाए त्यही अनुसारको प्रतिकार गर्ने बताएका छन् । प्रतिपक्षमा बसेर संसद्को काम कारबाही प्रभावकारी बनाउने, सडकमा वामपन्थी तथा समाजवादी शक्तिबिच सहकार्य गरेर सडक संघर्षमा उत्रिने उनले बताए ।
‘सरकारले दुई तिहाइको दम्भ, अहङ्कार प्रदर्शन गर्न सक्छन् । त्यसको सशक्त ढंगले प्रतिवाद, प्रतिरोध गर्नेछौँ । सदनलाई गुणात्मक र सशक्त बनाइन्छ । सोही अनुसार प्रतिवाद गरिन्छ’, बिहीबार रातोपाटीसँग सापकोटाले भने ।
उनले समाजवादी मोर्चामार्फत वामपन्थी दलहरूबिच सहकार्य र एकताको प्रयास जारी रहेको भएपनि तत्काल एकताको सम्भावना नभएको बताए । सत्ता गठबन्धनको वर्तमान सरकार कति समय जान्छ भनेर अहिले नै मूल्याङ्कन गर्ने बेला नभएको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण