चन्द्रागिरिको होटलको पार्किङमा राखेको स्कुटर र मोटरसाइकलमा आगलागी
काठमाडौँ । चन्द्रागिरि नगरपालिका-४ चन्द्रागिरि चोकस्थित रोयल चन्द्रागिरि ईन होटेल अगाडि पार्किङ गरी राखेका सवारी साधनमा शुक्रबार राति आगलागी भएको छ ।
नेपाल प्रहरीका अनुसार बा.६१ प ४०९० नम्बरको स्कुटर, बा.प्र.०४२ प ३२०४ नम्बरको मोटरसाइकल र बा.५३ प ३८११ नम्बरको स्कुटरमा गएराति आगलागी हुँदा उक्त सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ । साथै आगलागीबाट बा.प्र.०२-०२२ प २७४० नम्बरको मोटरसाइकल समेत आंशिक रूपमा जलेर क्षति भएको छ ।
उता झापाको दमक नगरपालिका-६ स्थित सोही नगरपालिका-७ बस्ने ४७ वर्षीय सञ्जय रौनियारको कपडाको गोदाममा विद्युत् सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा गोदाममा रहेको साडी र थान कपडा पूर्णरूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण