राबियोटलाई भित्र्याउने युनाइटेडको तयारी
ओल्ड ट्राफोर्ड । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले भर्खरै युभेन्टस् छाडेर फ्रि–एजेन्ट बनेका एड्रियन राबियोटलाई क्लबमा भित्र्याउने तयारी गरेको छ । प्रबन्धक एरिक टेन हाग र क्लबका नयाँ सह–मालिक जिम र्याटक्लिफ टोलीको मिडफिल्डलाई सशक्त बनाउन चाहन्छन् । राबियोटको उपलब्धताले उनलाई क्लबले प्राथमिकतामा राखेको गोलडटकमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
फ्रेन्च पत्रकार रोमाइन कोलेट गाउडिनले राबियोट युनाइटेडसँग अनुबन्ध गर्ने ‘नजिक’ पुगेको उल्लेख गरेका छन् । उता, लिभरपुलले पनि उनलाई भित्र्याउने इच्छा देखाएको उनको भनाई छ । दुवै क्लबसँग राबियोटका प्रतिनिधि छलफलमा रहे पनि उनी युनाइटेड आउने सम्भावना बढी रहेको बताइएको छ ।
तर, डेली मेलका लेविस स्टिल र फाब्रिजियो रोमानो भने २९ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न लिभरपुलले कुनै इच्छा नदेखाएको दाबी गर्छन् । यसअघि, उनलाई भित्र्याउन एसी मिलान र रियल मड्रिडले पनि रुचि देखाएको खबर सार्वजनिक भएका थिए ।
उनी ५ वर्ष सिरी ए क्लब युभेन्टससँग रहे । उनी सन् २०१९ मा पीएसजीबाट टुरिन क्लब पुगेका थिए । क्लबका लागि उनले २१२ खेल खेल्दै एक सरी ए, दुई इटालियन कप र एक इटालियन सुपर कपको उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण