साओमी*ले ल्यायो फिल्प फोन, साथमा बोक्न मिल्ने प्रिन्टर
आइतबार, ०६ साउन २०८१, १२ : ४३
बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले पहिलो पटक फिल्प फोन लञ्च गरेको छ । कम्पनीले तत्कालै फोटो प्रिन्ट गर्नका लागि भनेर बोकेर हिँड्न मिल्ने प्रिन्टर पनि लञ्च गरेको हाे ।
मिक्स फिल्प नामक सो फोनको मूल्य ५ हजार ९९९ युआन (८२५ डलर) रहेको कम्पनीले बताएको छ । फोनको लागि शुक्रबारदेखि नै प्रिअर्डर खुलाइएको हो । बिक्री मंगलबारदेखि शुरु हुने बताइएको छ ।
प्रिन्टरको मूल्य भने ४९९ युआन (६८ डलर) रहेको छ । यो फोटो प्रिन्ट गर्ने कागजसहित आउनेछ । तर यो प्रिन्टरको आपूर्ति सीमित भएको कम्पनीका संस्थापक लिई चुनले भनेका छन् ।
यसको साथै साओमीले दोबार्न मिल्ने फोन मिक्स फोल्ड ४ को नयाँ भर्सन पनि ल्याएको छ । अघिल्लो भर्सनको जस्तै यसको मूल्य ८ हजार ९९९ युआन रहेको छ ।
*यसअघि साओमी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण