आरक्षणको मुद्दामा बंगलादेशको सर्वोच्च अदालतमा सुनवाइ
ढाका । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विवादमा हिंसा व्यापक भड्किएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा देशभरमा सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या पनि हजारौँ नाघेको छ । कर्फ्यू लगाउँदा समेत हिंसा मत्थर हुने कुनै सङ्केत छैन ।
यस्तोमा त्यहाँको सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको मुद्दामा परेको अपिलमा आज फैसला गर्ने भएको छ ।
आरक्षणसम्बन्धी सरकारको २०१८ को परिपत्र खारेज गर्ने उच्च अदालतको निर्णयपछि देशभर विरोध र झडपहरू सुरु भएका थिए । विद्यार्थीहरूको मागको जवाफमा सरकारले सुनुवाइमा आरक्षण सुधारको लागि बहस गर्ने योजना बनाएको छ । तर, आन्दोलनका नेता र बृहत् राजनीतिक स्वार्थबिचको मतभेदका कारण यसले हिंसा रोक्छ कि हुँदैन भन्ने चाँहि अनिश्चित छ ।
हालैका दिनमा हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या बढेपछि सरकारले कर्फ्यू लगाएको छ भने सेना पनि परिचालन गरेको छ । प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको मुद्दामा समर्थन जनाएकी छन् । तर अदालतको आगामी निर्णयप्रति निराशा व्यक्त नगर्न पनि उनले सबैलाई अनुरोध गरेकी छिन् । यसैबीच विपक्षी दल बीएनपीले भने आन्दोलनलाई जारी राख्नु पर्ने कुरालाई समर्थन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण