लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।
महराले चैत २५ गते मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए । महराले आफूले छोटो समयमा धेरै राम्रा काम गरेको दाबी गर्दे राम्रा कामलाई अगाडि बढाउन नयाँ बन्ने मुख्यमन्त्रीलाई आग्रह गरे। लुम्बिनी प्रदेशमा आफूले स्वास्थ्य, बन, कृषि र पर्यटन क्षेत्रको सुधारका लागि धेरै योजना अघि बढाएको बताउँदै उनले त्यसलाई अघि बढाइनुपर्नेमा जोड दिएका हुन् ।
उनले कांग्रेस र एमाले असफल भएको टिप्पणी गर्दे संविधान सम्बोधन प्रसङ्गले अर्को तरङ्ग दिएको समेत बताए।
यसैबिच महराको राजीनामासँगै कांग्रेस र एमालेबिच एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।
सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको आह्वान गर्नसाथ गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत
-
मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस