लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।
महराले चैत २५ गते मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए । महराले आफूले छोटो समयमा धेरै राम्रा काम गरेको दाबी गर्दे राम्रा कामलाई अगाडि बढाउन नयाँ बन्ने मुख्यमन्त्रीलाई आग्रह गरे। लुम्बिनी प्रदेशमा आफूले स्वास्थ्य, बन, कृषि र पर्यटन क्षेत्रको सुधारका लागि धेरै योजना अघि बढाएको बताउँदै उनले त्यसलाई अघि बढाइनुपर्नेमा जोड दिएका हुन् ।
उनले कांग्रेस र एमाले असफल भएको टिप्पणी गर्दे संविधान सम्बोधन प्रसङ्गले अर्को तरङ्ग दिएको समेत बताए।
यसैबिच महराको राजीनामासँगै कांग्रेस र एमालेबिच एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।
सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको आह्वान गर्नसाथ गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण