जहाँ-जहाँ हामीले प्रश्न उठायौँ, त्यहाँ-त्यहाँ पुरस्कार देखियो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको टिप्पणी गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरेकोमा त्यसलाई ‘स्टन्ट’ भनेकोमा आपत्ति जनाए । उनले भने, ‘स्टन्ट होइन, हामी त्यसलाई आँट, विधि र साहस भन्छौँ ।’
उनले केपी ओली नेतृत्वको सरकारले सुशासनमा निर्ममतापूर्व बढ्छ भन्ने विश्वास गरेपनि त्यो विश्वास डगमगाएको बताए । ‘तर त्यो विश्वास डगमगायो । जुन ढंगले सरकार बन्यो र विषय अघि बढ्यो । विश्वासको मत दिन पनि सकिन्थ्यो होला । तर जुन संकेत सुरुमा देखियो त्यसले हामीलाई झस्काएको छ’, लामिछानेको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्मान गर्दागर्दै पनि आफूले अनुसन्धान गरिरहेको विषय बालकोटमा गीत गाउँदै गरेको देखिएको बताए । केही दिनअघि कांग्रेस सांसद विनोद चौधरी ओलीको निजी निवास बालकोटमा पुगेर गीत गाउन पुगेप्रति लामिछानेले कटाक्ष गरे । चौधरीमाथि बाँसबारी छालाजुत्ताको जग्गाबारे अनुसन्धान भइरहेको छ ।
‘जहाँ-जहाँ हामीले विषय उठायौँ, त्यहाँ-त्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थीको विषयमा पुन अनुसन्धान सुरु भयो । मन्त्रीमण्डलमा को गयो ? संसद् र देशलाई राम्रोसँग थाहा छ’, लामिछानेले भने, ‘अनि प्रश्न उठ्यो । बालमन्दिरको विषय उठायौँ ।’ उनले गुण र दोषका आधारमा प्रतिपक्ष भएर बस्ने पनि बताए । उनले सात बुँदेमध्ये चौथो बुँदामा मात्र केन्द्रित हुने त होइन भनेर प्रश्न गरे । उनले आफू सरकारमा गएको ५ महिनामा देशको हरिबिजोग बनाएको हो भन्दै ३४ वर्षमा देशमा सत्तामा बसेकाहरूले बिग्रेको देशको जिम्मा लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण