सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचार मुक्त भए सुशासन कायम हुने दाबी गरेका छन् ।
‘जसको हातमा अर्थतन्त्र हुन्छ, त्यसको हातमा सरकार हुन्छ । त्यसकारण गरिबको घरमा सहमति भएन । ठुलठुला व्यापारीको घरमा सहमति भयो । सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैन । प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारबाट मुक्त भए देश भ्रष्टाचारबाट मुक्त हुन्छ । ३५ वर्षमा पालैपालो दलका नेताहरू प्रधानमन्त्री भइरहेका छन् । तर असमान सन्धिहरू, एमसिसी खारेज नगरिएकोमा असन्तुष्ट पोखे’, उनले भने ।
प्रधानमन्त्रीले सीमित व्यापारी घरनालाई पोस्ने गरी डेडिकेटेड लाइन जोड्न दिएको निर्देशन दिएकोमा उनले आपत्ति जनाए । उनले कम्युनिस्ट पार्टीहरूसमेत पुँजीवादी सरकारमा गएर कुर्सी साटासाट गरेकाले विश्वासको मत नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण