कंगनाको नाममा गैरजमानती वारेन्ट जारी गर्न जावेद अख्तरको माग
नयाँ दिल्ली । बलिउडका गीतकार जावेद अख्तर र अभिनेत्री कंगना रनौतबीच लामो समयदेखि विवाद भइरहेको छ । जाभेदले विवाद बढ्दै जाँदा मंडी लोकसभा सीटकी सांसदसमेत रहेकी कंगना विरुद्ध गैरजमानती वारेन्टको माग गरेका छन् ।
गीतकारले दायर गरेको यस मुद्दाको सुनुवाइको लागि पटकपटक तारेख दिइएको थियो । अदालतले पनि अभिनेत्रीलाई बारम्बार हाजिर हुन आदेश दिएको थियो । तर कंगना एक पटक पनि अदालतमा हाजिर भइनन् ।
गत शनिबार अदालतले यस मुद्दाको सुनुवाइको लागि नयाँ तारेख दियो । अघिल्लो पटकझैँ यस पटक पनि अदालतको आदेशको अवज्ञा गर्दै कंगना हाजिर भइनन् । यी सबैपछि जाभेदका वकिलले अभिनेत्री विरुद्ध गैरजमानती वारेन्टको माग गर्दै जुलाई २० मा अदालतमा याचिका दायर गरेका छन् । कंगनाले अदालतमा स्थायी पेशीमा छुट मागेकी थिइन् । यो निवेदनलाई अदालतले खारेज गरिदियो ।
‘आवेदन खारेज हुँदाहुँदै पनि कंगना विभिन्न तारेखमा अदालतमा हाजिर भइनन् उल्टै छुटको लागि निवेदन दिइन् । उनको विरुद्ध, २०२१ को मार्च १ मा जमानती वारेन्ट जारी गरिएको थियो । तर पनि उनी अदालतमा हाजिर भइन् अनि आफ्नो वारेन्ट रद्द गरिदिइन् ।’ जावेदका वकिल जय भारद्वाजले एक याचिकामा लेखेका छन् । यो याचिकामा अदालतले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन । उनको याचिकालाई स्थगित गर्दै अदालतले कंगनालाई हाजिर हुन निर्देशन दिएको छ । यसैबीच अभिनेत्रीका वकिलहरूले २०२४ को सेप्टेम्बर ९ मा हुने पेशीमा भने कंगना अदालतमा उपस्थित हुने भन्दै प्रतिज्ञापत्र जारी गरेका छन् ।
के हो मामिला ?
कंगनाले सन् २०१६ मा बलिउड अभिनेता ऋतिक रोशनमाथि कयौँ आरोप लगाएकी थिइन् । अभिनेत्रीको आरोप अनुसार ऋतिक रोशनले अभिनेत्रीसँग दुर्व्यवहार गरेका थिए । जावेद अख्तरले आफूलाई घरमा बोलाएर ऋतिसँग माफी माग्न भनेको भन्दै एक अन्तरवार्तामा कंगनाले भनेकी थिइन् । यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै जावेदले अभिनेत्री विरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण