परराष्ट्र सचिव लम्साल सोमबार चीन जाने
आइतबार, ०६ साउन २०८१, १८ : १०
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल सोमबार चीन जाने भएकी छिन् । चीनको कुनमिङमा हुने पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चमा भाग लिन उनी सोमबार त्यहाँ जान लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सो मञ्चमा विदेश सचिव लम्सालले असार ९ गते आफ्नो मन्तव्य राख्ने छिन् । परराष्ट्र सचिव लम्सालले कुनमिङमा हुने पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको कार्यक्रममा उच्चस्तरीय साइडलाइन दुई पक्षीय वार्ताहरू गरिने जनाइएको छ ।
सचिव लम्साल साउन १२ गते फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण