संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छ : योगेश भट्टराई
काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरूलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताएका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सबै राजनीतिक दलहरूसँग सहमति गरेर मात्रै संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने समेत बताए ।
सचिव भट्टराईले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरूको सहमति लिने मुख्य दुई ठुला काममा सरकार केन्द्रित हुने बताए । दुई ठुला दल एमाले र कांग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशा अनुसार काम गर्नु रहेको उनको भनाई थियो ।
सचिव भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि पनि सक्दो पहल गर्ने बताए । उनले भने, ‘असाधारण ढंगले काम गर्न हामी दुई ठुला दल एक ठाउँमा आएका हौँ । यसका केही ऐतिहासिक दायित्वहरू छन् । मूलत यसले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशा दिने, गति प्रदान गर्ने, देश भित्र लगानीको वातावरण बनाउने, वैदेशिक लगानीको निम्ति पनि उपयुक्त वातावरण बनाउने, देश भित्र रोजगारीको अवसरहरू बढाउने र विदेश पलायन भएका जनशक्तिलाई देश भित्रै कामको एउटा वातावरण बनाउने यसको मुख्य दायित्व हुनेछ ।’
सचिव भट्टराईले विपक्ष दलहरूले दिएको सुझावलाई ग्रहण गरेर सरकार अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण