सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छ : प्रवक्ता महत
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताएका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूमाझ उनले सो कुरा बताएका हुन् ।
प्रवक्ता महतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने संकल्प दुई ठुला दल नेतृत्वको सरकारले लिएकाले त्यसमा सफल हुने दाबी समेत गरे । उनले सरकार बनेलगत्तै निजी क्षेत्रको आत्मविश्वास बढेको संकेत देखिन थालेको जिकीर गर्दै उनले पार्टी र व्यक्तिभन्दा माथि उठेर सरकारले काम गर्नुपर्ने बताए ।
प्रवक्ता महतले भने, ‘यो सरकार बनेको नै काम गर्नका लागि हो । अहिलेसम्म जति पनि परीक्षण भयो । त्यसले अस्थिरता झनझन थप्यो । त्यसो हुनाले देशका सबभन्दा ठुलो दलहरू दुई वटा दल र अरू दलहरुसमेत सम्मिलित यो सरकार बनेको छ । यो दुई वटा दलको जुन अनुभव छ । लोकतन्त्रप्रतिको प्रतिबद्धता छ । जतिपनि लोकतान्त्रिक आन्दोलन भएका छन् । ती आन्दोलनको नेतृत्व गरेको छ । त्यस अर्थमा अहिले नेपाली जनताले कांग्रेस र एमाले मिलिसकेपछि देशमा गुणात्मक अन्तर आउँछ । स्थायित्व आउँछ । र अर्थतन्त्र चलायमान हुन्छ ।’
प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सबै दलको सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण