बेलायतमा सरकारी कर्मचारीलाई महँगीअनुसार तलब दिइने
लन्डन । यो गर्मीयाममा बेलायतले केही सरकारी कर्मचारीलाई महँगीअनुसार तलब दिने भएको छ । त्यहाँकी अर्थमन्त्री रशेल रिभ्सले यस्तो बताएकी हुन् ।
हालै तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मे र जुनमा बेलायतमा महँगी २ प्रतिशत थियो । तलब समीक्षा गर्ने स्वतन्त्र निकायले शिक्षक र एनएचएसका केही कामदारहरूको तलब साढे ५ प्रतिशतले बढाउन पर्छ भन्ने सिफारिस गरेकै समयमा रिभ्सको यो अभिव्यक्ति आएको हो ।
डाउनिङ स्ट्रिटमा आफ्नो पहिलो अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘हाम्रो विद्यालय र अस्पताल अनि प्रहरी सेवामा काम गर्ने सरकारी कर्मचारीलाई म साँच्चै मान्दछु ।’ आफ्नो खर्च योजना ‘नन–नेगोशियबल’ भएकोमा जोड दिँदै रिभ्सले आफूहरूले उपर्युक्त तरिकाले तलब बढाउने बताएकी छिन् । मानिसहरूले अब धेरै कुर्नु नपर्ने भन्दै अर्थमन्त्रीले यही महीना सरकारी कर्मचारीको तलब बढाउने निर्णय गर्ने वाचा पनि गरिन् ।
ऋषि सुनक नेतृत्वको अघिल्लो सरकारले कठोर खालको निर्णयहरू गर्न नसकेर निर्वाचनको घोषणा गरेको अनि भागेको आरोप उनले लगाएकी छिन् । शिक्षकहरूको तलब बढाउने निर्णय अघिल्ला शिक्षा सचिवको डेस्कमै थियो तर निर्णय नगरिएको रिभ्सको भनाई छ । रिभ्सका पूर्ववर्ति जेरेमी हन्टले भने कोरोना भाइरसको महामारीको समयमा अघिल्लो सरकारले निकै कठिन निर्णयहरू गरेको बताएका छन् । कर बढाउने बाहाना बनाइरहेको आरोप पनि उनले रिभ्समाथि लगाएका छन् ।
सरकारले शिक्षक र एनएचएसका केही कर्मचारीको तलब साढे ५ प्रतिशतले बढाउने अनुमान गरिएको छ । यो भनेको अर्थ मन्त्रालयले अपेक्षा गरेको साढे २ प्रतिशतदेखि ३ प्रतिशतसम्मको तुलनामा निकै बढी हुनेछ । यो स्तरमा तलब बढाउन सरकारले कि त कर्जा बढी लिनु पर्ने कि भने कर वृद्धि वा अन्यत्रको खर्च कटाउनु पर्ने इन्ष्टिच्यूट फर फिस्कल स्टडिजका निर्देशक पल जोन्सनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण