‘के घर के डेरा: घर नम्बर २’ मा निश्चल बस्नेतको इन्ट्री
काठमाडौँ । साउनको २५ गतेबाट छायाङ्कनमा जान लागेको फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।
यसअघि यो फिल्ममा नायक खगेन्द्र लामिछाने भित्रिएका थिए । निश्चलको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । फिल्मका लागि अझै ४ जना कलाकारहरूलाई मुख्य भूमिका अनुबन्धित गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माताको रूपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।
फिल्ममा अनुबन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।
फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यसै वर्ष रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण