मानुषी लघुवित्तको ७ लाख ५ हजार कित्ता संस्थापक सेयर भदौ ६ गतेदेखि बिक्री खुला हुने
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर खरिद बिक्री खुला हुने भएको छ । संस्थापक सेयर धनी तथा कर्मचारीहरूका लागि बिक्री गरिएको सेयरको खरिद तथा बिक्रीको लक इन पिरिअड आगामी भदौ ६ गतेसम्म रहेकाले अबको एक महिना पछि संस्थापक सेयर खरिद बिक्री खुला भएको हो ।
कम्पनीका अनुसार संस्थापक सेयर धनीतर्फ ७ लाख कित्ता र कर्मचारीतर्फ ५ हजार ४६९ कित्ता सेयर रहेको छ । आजबाट कूल ७ लाख ५ हजार ४६९ कित्ता सेयर दोस्रो बजारमा किनबेचका लागि खुला भएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ (१) को व्यवस्था अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितो बन्धक राख्न नपाउने व्यवस्था छ ।
यसैगरी निष्कासन कम्पनीको पालना गर्नुपर्ने र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ (१) बमोजिम विवरण पत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था समेत ऐनमा नै व्यवस्था गरिएको छ ।
यसै ऐन बमोजिमको व्यवस्था बमोजिम कम्पनीले बिक्री गरेको संस्थापक सेयर र कर्मचारीहरूको सेयर आगामी भदौ ६ गतेदेखि लक इन समय फुकुवा हुने कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण