रुकुम पश्चिममा बाढी पहिरोबाट प्रभावितहरूलाई पुनर्स्थापना गर्न शर्माको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बर्सात सुरु भएसँगै रुकुम पश्चिम लगायत देशभरको जनजीवन प्रभावित भएकाले सरकारले त्यस्ता स्थान पहिचान गरी राहत, उद्धार तथा पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले भूकम्प प्रभावित क्षेत्र आठविसकोट नगरपालिका, त्रिवेणी र बाफीकोट लगायतका स्थानीय तहका हजारौँ स्थानीय बाढी पहिरोबाट प्रभावित भएको भन्दै प्रभावित परिवारलाई उचित व्यवस्थापन गर्न माग गरेका हुन् ।
उनले आठविसकोट नगरपालिका–१२ मा ३ बालबालिकालाई बाढीले बगाएको, १ जनाको मृत्यु, १२ र घाइते भएको बताए । साथै घाइतेहरूलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न माग समेत गरे ।
त्यस्तै जिल्लाको गिजागाड खोलाले सिमबजार आधा बगाएको, ठुलीभेरी गाउँमा बाढी पसेको र रातभर स्थानीय जाग्राम बस्नुपरेको शर्माले बताए ।
‘भूकम्पले चिरा परेका बस्ती बाढी पहिरोमा बदलिएका छन् । आठविसकोट ९, ११ र १२ मा त्रिवेणी ४५ घर विस्थापित भइसकेका छन्’, उनले भने, ‘बाँकी १५ सय ६० परिवार अत्यन्त जोखिममा छन् तिनलाई सार्नै पर्ने अवस्था छ’, शर्माको भनाई छ ।
त्यस्तै सानीभेरी पालिकामा १ हजार २६ घरपरिवार जोखिममा रहेको र उनीहरूलाई पनि सार्नैपर्ने अवस्था रहेको बताए । बाफिकोट गाउँपालिकामा ३ घर विस्थापित भएको ५४ जोखिममा रहेको पनि शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण