पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने
मङ्गलबार, ०८ साउन २०८१, ०८ : ५७

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको वडाले जनाएको छ ।
संस्कार, संस्कृति जगेर्नार्थ जनैको महत्त्व दर्साउन तालिम आयोजना गरिएको वडा सदस्य सुशील बास्तोलाले जानकारी दिए । उनका अनुसार साउन १२ गते शनिबार तालिम हुनेछ ।
‘जनैको महत्त्व छुट्टै छ । त्यसलाई बुझाउन सकिरहेका छैनौँ,’ उनले भने, ‘जनैपूर्णीमामा मात्रै करोडौँको जनै बाहिरबाट आयात हुन्छ । हामीले वडाको लागि चाहिने जनै वडामै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिन्छ ।’
उनले तालिमसँगै वैदिक विधि र जनैको महत्वबारे पनि सचेतना गराइने बताए । तालिममा महिला र पुरुष सबैले सहभागिता जनाउन सक्ने बास्तोलाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित