पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने
मङ्गलबार, ०८ साउन २०८१, ०८ : ५७
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको वडाले जनाएको छ ।
संस्कार, संस्कृति जगेर्नार्थ जनैको महत्त्व दर्साउन तालिम आयोजना गरिएको वडा सदस्य सुशील बास्तोलाले जानकारी दिए । उनका अनुसार साउन १२ गते शनिबार तालिम हुनेछ ।
‘जनैको महत्त्व छुट्टै छ । त्यसलाई बुझाउन सकिरहेका छैनौँ,’ उनले भने, ‘जनैपूर्णीमामा मात्रै करोडौँको जनै बाहिरबाट आयात हुन्छ । हामीले वडाको लागि चाहिने जनै वडामै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिन्छ ।’
उनले तालिमसँगै वैदिक विधि र जनैको महत्वबारे पनि सचेतना गराइने बताए । तालिममा महिला र पुरुष सबैले सहभागिता जनाउन सक्ने बास्तोलाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण