रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङ्बो घले जुवाखालबाट पक्राउ
मङ्गलबार, ०८ साउन २०८१, ११ : ३०
काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् । कपन स्थित जुवा खालबाट घले सहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनीहरू शनिवार पक्राउ परेका हुन् । जुवा खालबाट प्रहरीले १ लाख ३६ हजार बरामद गरेको छ । आरोपीहरुलाई प्रहरी वृत्त बौद्धले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । नुर्वु यसअघि मानव बेचबिखन आरोपमा पनि पक्राउ परेका थिए । २०८० चैतमा मानव बेचबिखन ब्युरोले उनलाई पक्रेर अनुसन्धान गरेको थियो ।
उनले नेपाली महिलालाई कुवेत पठाउँछु भनेर श्रीलंका पठाएर बेचबिखन गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण