सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ
मङ्गलबार, ०८ साउन २०८१, १२ : २९
काठमाडौँ । नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
आफूले भनेको नमाने सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरी दिन्छु भनी चरित्र हत्या गरेको भन्दै पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा निवेदन दिएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने जेएच अजवान रहेका छन् । निजलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन पाँच म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण