महिला एसिया कप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल
दम्बुला । आफ्नो अन्तिम खेलमा भारतसँग पराजित हुँदै नेपाल महिला एसिया कपबाट बाहिरिएको छ । समूह ए अन्तर्गतको खेलमा नेपाल बलियो टोली भारतसँग ८२ रनले पराजित भएको हो ।
१ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाउन सक्यो । योसँगै समूह ए बाट भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन् ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् । विन्दु रावलले १७ रन जोडिन् ।त्यस्तै, रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रनको योगदान दिइन् ।
भारतका लागि दिप्ती शर्माले ३ तथा अरुन्धती रेड्डी र राधा यादवले २–२ विकेट लिइन् । रेनुका सिंहले एक विकेट हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको भारतका लागि शफाली र दायालान हेमलथाले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे ।
शफालीले मात्र ४८ बलमा ८१ रनको योगदान दिइन् । सीता रान मगरको बलमा आउट हुनअघि उनले १२ चौकार १ छक्का प्रहार गरिन् ।

त्यस्तै, हेमलथाले ४२ बलमा ४७ रन जोडिन् । उनले ५ चौका र १ छक्का हिर्काइन् । उनी पनि मगरकै शिकार बनिन् । दुवैले पहिलो विकेटका लागि १ सय २२ रन जोडेका थिए ।
खेलको अन्त्यतिर जेमिमा रोड्रिग्वेजले १५ बलमा २८ रन बनाइन् । उनले आफ्नो इनिङ्समा ५ चौका प्रहार गरिन् ।

नेपालका लागि सीता राना मगरले २ तथा कविता जोशीले एक विकेट लिइन् ।
नेपालले पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो । एसिया कपमा नेपालले हासिल गरेको यो पहिलो जित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण