भेनिस फिल्म फेस्टिभलमा नेपाली ‘पूजा सर’ प्रिमियर हुने
बुधबार, ०९ साउन २०८१, १० : २१
काठमाडौँ । फिल्म ‘पूजा सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्मकी अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल मार्फत प्रिमियरको जानकारी दिएकी हुन् ।
फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनौट भएको हो । यसअघि ‘राजागञ्ज’ र ‘स्काइ इज माइन’ नाम राखिएको फिल्मको अहिले ‘पूजा सर’ राखिएको हो । फिल्मका निर्देशक दीपक रौनियार हुन् ।
नेपाल पुलिसकी एउटी सशक्त इन्स्पेक्टरको कथामा बनेको फिल्म पुलिस थ्रिलर जनरा बताइएको छ । जनकपुरमा छायाङ्कन भएको फिल्ममा सयौँ व्यक्तिको अभिनय छ ।
फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ र पशुपती राईको अभिनय छ । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण