मण्डलामा नियमित ‘मेषी दण्ड’
काठमाडौँ । सन् २०२४ भित्र १४ नाटक मञ्चन गर्ने योजना बनाएको मण्डला थिएटरमा यतिबेला नाटक ‘मेषी दण्ड’ मञ्चन भइरहेको छ । गत शुक्रबारदेखि सुरु भएको नाटकको मञ्चन साउन २७ गतेसम्म चल्नेछ । नाटकका निर्देशक अनिल सुब्बा हुन् ।
गीलु रातोस लिखित नाटकमा डेढ शताब्दीअघिको हिमाली जिल्ला सोलुखुम्बुको खालिस राई समुदायले भोगेको कथालाई उतारिएको छ । नाटकमा आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेद उतारिएको छ । नाटकको निर्माता रिजन केसी हुन् ।
नाटक शनिबार बाहेक अन्य दिन बेलुकी पौने ६ बजे र शनिबार दिउँसो साढे १ बजे अतिरिक्त मञ्चन हुने मण्डलाले जनाएको छ । नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्ण बहादुर गन्दर्भ, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायत कलाकार अभिनयरत छन् ।
यसअघि मण्डलामा प्रवीण खतिवडा निर्देशित ‘अन्धवेग’ मञ्चन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण