अमेरिकी दूतावास पत्र प्रकरण–उपसभामुखलाई कारबाही गर्न सांसदहरूको माग
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले गैर सांसदलाई अमेरिकाको भिसाका लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार छलफल भएको छ ।
समितिको बैठकमा सांसदहरूले पदीय मर्यादा भुलेर भिसा सिफारिस गरेकाले रानालाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
समिति सदस्य वासुदेव घिमिरेले उपसभामुख रानासँग जोडिएको प्रकरणमा नेपाली व्यक्ति अमेरिका पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएकाले गम्भीर रूपमा छलफल हुनुपर्नेमा जोड दिए ।
अर्की सदस्य ईश्वरी न्यौपानेले उपसभामुखले लेटर हेड दुरुपयोग गरेको तर्क गरिन् । ‘उहाँ (उपसभामुख)ले एक जना सहयोगी, ४ जना चिन्दिन भन्नुभयो । सहयोगी पनि रहेनछ । संस्थामा काम गर्ने व्यक्ति भन्नुभयो त्यो पनि हैन रहेछ’ उनले भनिन् ।
न्यौपानेले राना मगर विरुद्ध उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा ९ लाख लेनदेन भएको भनेर उजुरी परेको विवरण सार्वजनिक भएको तर सामसुम पारिएको बताइन् ।
‘यसको छानबिन हुनुपर्छ । विश्वमा नेपालको देशको उपसभामुख मानव बेचबिखनमा संलग्न भन्ने आरोप नलागोस्, नपरोस् । उहाँको छानबिन हुनुपर्छ । दोषी वा निर्दोष छुट्टाउनु पर्छ , स्पष्ट पार्नुपर्छ’ उनले भनिन् ।
समितिको बैठक अहिले पनि जारी छ ।
भक्तपुर बालकोटका अर्जुन बास्कोटाले यही साउन १ गते समितिमा उजुरी दर्ता गराएका हुन् । बास्कोटाले समितिले भने अझैसम्म केही कारबाही अगाडि बढाएको जानकारी आफूलाई नआएको बताए । ‘त्यतिकै हराए जस्तो छ,’ उनले रातोपाटीसँग भने ।
‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ । २६ फेब्रुअरी २०२३ मा रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण