बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु
बुधबार, ०९ साउन २०८१, १४ : १६
काठमाडौं । बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए ।
साउन ८ मा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।
बस चालक हेटौंडा उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण