होला ह्यारिसको राष्ट्रपति बन्ने चाहना पूरा ?
वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनको समर्थन प्राप्त गरेको तीन दिन पनि बितेको छैन । नोभेम्बरमा हुने निर्वाचनमा उनले जित हात पारिन् भने यो अमेरिकी इतिहासको अति नै दुर्लभ घटना हुनेछ । अहिलेसम्म अमेरिकाको २ सय वर्ष पुरानो इतिहासमा सत्तासीन ४ उप–राष्ट्रपतिले मात्रै राष्ट्रपतिको निर्वाचन जितेका छन् ।
अमेरिकामा अहिलेसम्म १५ जना उपराष्ट्रपति राष्ट्रपति बनेका थिए । तर ८ जनाले सत्तासीन राष्ट्रपतिको निधन भएपछि सो जिम्मेवारी सम्हालेका थिए । वर्तमान राष्ट्रपति जो बाइडसमेत २ जना अन्य प्रशासनमा काम गरेपछि राष्ट्रपति निर्वाचित भए । एक जनाले राष्ट्रपतिले राजीनामा दिएपछि सो जिम्मेवारी सम्हालेका थिए । जोन एडम्स, थोमस जेफर्सन, मार्टिन भान बरेन र जर्ज डब्ल्यू बुश मात्रै अमेरिकी इतिहासका त्यस्ता राष्ट्रपति हुन्, जो राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गर्नु अघि सत्तासीन उपराष्ट्रपति थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण