त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्त, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाकै शव त्रिवि शिक्षण अस्पताल महारागन्जमा राखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले मृतकको पोस्टमार्टम तीन दिनसम्म जारी रहने बताए । शवको पोस्टमार्टमको कार्य छिटो गर्नका लागि आफू २४ सै घण्टा खटिने उनको भनाइ थियो । ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन’ प्रणालीबाट शव पोस्टमार्टम गरिने उनको भनाइ छ ।
शव पहिचानका लागि परिवारबाट व्यक्तिको होलिया पहिचान गर्न शरीरको निसान, कपडा, गहना लगायत विषय संकलन गरिने र सोको आधारमा मृतकको पहिचान गरिने डा चौधरीले बताए ।
यसैबिच त्रिवि परिसरमा आफन्तहरूको भिड लागेको छ । आफन्तहरू भावविह्वल बन्दै शोकाकुल देखिन्थे । काठमाडौँबाट पोखराका लागि उडेको जहाज ‘टेक अफ’ भएको केहीबेरमै विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा मृत्यु भएकाहरु अधिकांश कर्मचारी रहेको बताइएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण