त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्त, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाकै शव त्रिवि शिक्षण अस्पताल महारागन्जमा राखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले मृतकको पोस्टमार्टम तीन दिनसम्म जारी रहने बताए । शवको पोस्टमार्टमको कार्य छिटो गर्नका लागि आफू २४ सै घण्टा खटिने उनको भनाइ थियो । ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन’ प्रणालीबाट शव पोस्टमार्टम गरिने उनको भनाइ छ ।
शव पहिचानका लागि परिवारबाट व्यक्तिको होलिया पहिचान गर्न शरीरको निसान, कपडा, गहना लगायत विषय संकलन गरिने र सोको आधारमा मृतकको पहिचान गरिने डा चौधरीले बताए ।
यसैबिच त्रिवि परिसरमा आफन्तहरूको भिड लागेको छ । आफन्तहरू भावविह्वल बन्दै शोकाकुल देखिन्थे । काठमाडौँबाट पोखराका लागि उडेको जहाज ‘टेक अफ’ भएको केहीबेरमै विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा मृत्यु भएकाहरु अधिकांश कर्मचारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा
-
इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
महानगर स्रोत व्यवस्थापन समितिको बैठक बोलाउने बालेनको तयारी
-
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा
-
राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनीको हत्या
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता