रातोपाटीमा बुधबारबाट ‘रामराज्य’ : पहिलो श्रृंखलामा ८० करोड मानिसलाई गरिबीमुक्त गर्ने चीनको चमत्कार
काठमाडौँ । रातोपाटी डटकमले नयाँ कार्यक्रम ‘रामराज्य’ श्रृंखला बुधबारबाट सुरु गर्दैछ । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटीले आफ्नो युट्युब च्यानल (टिभी) मार्फत शृङ्खलाबद्ध कार्यक्रम प्रसारण गर्न लागेको हो ।
सर्वोत्कृष्ट शासन या आदर्श शासनको प्रतीकका रूपमा लिइने ‘रामराज्य’ हरेक बुधबार साँझ ७ बजे प्रसारण हुने नेटवर्कले जनाएको छ । पहिलो श्रृंखलामा ४० वर्षमा छिमेकी मुलुक चीनले ८० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकासलाई समेटिएको छ । चीनले गरिबी निवारणको लक्ष्य लिएको ‘दिगो विकास एजेन्डा २०३०’ भन्दा १० वर्ष अगावै लक्ष्य प्राप्त गरेको हो ।
यो विकासलाई विश्वका अर्थशास्त्री र राजनीतिज्ञहरुले गरिबी निवारणमा चीनले असाधारण काम गरेको ठान्ने गर्छन् । बुधबारको पहिलो श्रृंखलामा चीनले गरिबी विरुद्धको लडाईँ कसरी जित्यो ? भन्ने मानव इतिहासमा अभूतपूर्व विकासको कथालाई समेटिएको छ ।
रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ शृङ्खला (एपिसोड) मा १२ देशको कथा समेटिनेछ । ‘कार्यक्रम ‘रामराज्य’ मा हामी विश्वका कैयौँ देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामबारे तपाईँलाई बताउनेछौँ । ताकि समृद्धि र समाजवादको नारा लगाइरहेका नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता र आम नागरिकले ‘रामराज्य’ अर्थात् आदर्श शासन–व्यवस्था कस्तो हुँदो रहेछ भन्ने बुझ्न सकुन्,’ नेटवर्कले भनेको छ।
विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किन लागेको हो । ‘उथलपुथल’ जस्तै रामराज्य पनि रातोपाटीका पाठक र दर्शकको रोजाइमा पर्ने विश्वास नेटवर्कले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण