सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।
बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गरे । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उनले त्यसैलाई अवलम्बन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष नेपालले अरूले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरूको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताए ।
अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरूलाई सहज हुनेगरी कूटनीतिक नियोगहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण